कमरेड लालसलाम ,
कमरेड, तिमीले देखाएको
क्रान्तिको बाटोमा राता झन्डा ,रातो किताब लिई ति रक्तिम साँझमा रगतको होलि खेलेका
सम्पूर्णको आशा र भरोसालाई तिमीले फेरि एकपटक तोड्दैनौ भन्ने विश्वास लियेकोछु| क्रान्तिको दुखाई सहिरहेका हरुलाई मलम देऊ र क्रान्ति बिझाउने पिडित परिवारलाई
राहात| हुन त म तिम्रो बिरोधि होइन न
कसैको समर्थक तर पनि इतिहास साँची छ तिमि र तिम्रो पार्टीले आफ्नै पार्टी जुटाउने
फुटाउने र जनतालाई सपना देखाउने बाहेक कुनै उल्लेखानिए कार्य गर्न सकेका छैनौ तर
कमरेड अब बेला आएको छ राजनैतिक चक्रभ्यु भन्दा माथि उठ, पार्टीगत धरोहर
भन्दा पनि माथि र हल्लाउ सहयोगका
हातहरु र हेर , नेपाली जनता तिम्रो समर्थनमा गीत गाउनेछन् र हिड्नेछन्
तिमीले देखाएको मार्गदर्शनमा|
"जुनै जोगी आए पनि
कानै चिरेको " भन्ने राजनैतिक अभ्यासलाई अब तिमिले परिवर्तन गर्नु छ| अब तिम्रो सरकार
पनि मंत्री परिसद गठन ,दुइ चार वटा मुलुक भ्रमण र केहि योजनाहरुको तयारीमा मात्रै
सिमित नहोस| हामी जस्ता कुनैपनि राजनैतिक धरोहरको बिल्ला नाभिरेका नेपाली युवालाई
हाम्रा निबर्तमान प्रधानमंत्री "खड्ग प्रसाद ओलीले" जुन राजनैतिक आस्था र विश्वास दिलाएका छन् यो अभ्यासलाई तिमीले
कायमै राख्छौ भन्ने पूर्ण आशा लिएको छु|
अब
हामी राजनीतिलाई माया गर्न चाहान्छौ, उत्थान, समर्थन र प्रबर्धन गर्न चाहान्छौ त्येसैले राजनीति एउटा
फोहोरी खेल हो भन्ने अभ्यासलाई निमिट्यान्न
परिदेउ | कमरेड नेपाली जनता अब निकास चाहन्छन र त्यो खुबी तिमीमा छ ,अब बिन्ति निराश
नबनाऊ . आउ सबै मिलेर रचौ अखण्ड राष्ट्र नेपाल||
जय नेपाल!!
आम नेपाली जनता||