Monday, August 8, 2016

पत्र प्रचण्डलाई

कमरेड लालसलाम ,
                गणतान्त्रिक नेपालको नया प्रधानमन्त्री भएकोमा बधाई तथा सुभकामना व्यक्त गर्न चाहान्छु| हुन त तिमि पहिले पनि राज्यको जिम्मेवारी उठाइसकेको मान्छे र ठुलै राजनैतिक हैसियत भएको ब्येक्तित्वो,  तेसैले म जस्तो एक सर्बसाधारण जनताले तिमीलाई सुझाइरहन शोभा  नदेला तर पनि गणतान्त्रिक मुलुकको नागरिकको हैसिएतले भन्न चाहन्छु  अब देशको जिम्मेवारी तिम्रो काधमा आएको छ | भुकम्प, बाढीपहिरो,  दुर्घटना र गरिबीले ग्रस्त बनाएको नेपाल आमाको मुहारमा हाँसोको  धर्साहरु दौडिएको हेर्ने चाहना छ|  यो अस्तब्यस्ततालाई तिमीले बढो गम्भीर ढंगले लिएका छौ र यसका  लागि केहि गर्नेछौ भन्ने आशा लिएको छु| कमरेड हामीलाई स्विचरल्याण्ड चैहिदैन उज्यालो देउ ,हामीलाई सिंगो नेपाल चाहिन्छएउटा त्यस्तो नेपाल जहाँ फेरी चार जात छत्तिस वर्णले माया  सदभाब र स्नेह बाड्न  सकुन, एउटा  तेस्तो नेपाल जहाँ सम्मान  होस् रास्ट्रको  रास्ट्रीएता  अनि भरोसा होस् भबिस्यप्रति|   

   कमरेड, तिमीले देखाएको क्रान्तिको बाटोमा राता झन्डा ,रातो किताब लिई ति रक्तिम साँझमा रगतको होलि खेलेका सम्पूर्णको आशा र भरोसालाई तिमीले फेरि एकपटक तोड्दैनौ भन्ने विश्वास लियेकोछु| क्रान्तिको दुखाई सहिरहेका हरुलाई मलम देऊ र क्रान्ति बिझाउने पिडित परिवारलाई राहात| हुन त  म तिम्रो बिरोधि होइन न कसैको समर्थक तर पनि इतिहास साँची छ तिमि र तिम्रो पार्टीले आफ्नै पार्टी जुटाउने फुटाउने र जनतालाई सपना देखाउने बाहेक कुनै उल्लेखानिए कार्य गर्न सकेका छैनौ तर कमरेड अब बेला आएको छ राजनैतिक चक्रभ्यु भन्दा माथि उठ, पार्टीगत धरोहर भन्दा पनि माथि  र हल्लाउ सहयोगका हातहरु  र हेर , नेपाली जनता  तिम्रो समर्थनमा गीत गाउनेछन् र हिड्नेछन् तिमीले देखाएको मार्गदर्शनमा|
                                       
     "जुनै जोगी आए पनि कानै चिरेको " भन्ने राजनैतिक अभ्यासलाई अब तिमिले परिवर्तन गर्नु छ| अब तिम्रो सरकार पनि मंत्री परिसद गठन ,दुइ चार वटा  मुलुक भ्रमण र केहि योजनाहरुको तयारीमा मात्रै सिमित नहोस| हामी जस्ता कुनैपनि राजनैतिक धरोहरको बिल्ला नाभिरेका नेपाली युवालाई हाम्रा निबर्तमान प्रधानमंत्री "खड्ग प्रसाद ओलीले" जुन राजनैतिक आस्था   र विश्वास दिलाएका छन् यो अभ्यासलाई तिमीले कायमै राख्छौ भन्ने पूर्ण आशा लिएको छु|

  अब हामी राजनीतिलाई माया गर्न चाहान्छौ, उत्थानसमर्थन र  प्रबर्धन गर्न चाहान्छौ त्येसैले राजनीति एउटा फोहोरी खेल हो  भन्ने अभ्यासलाई निमिट्यान्न  परिदेउ | कमरेड नेपाली जनता  अब निकास चाहन्छन र त्यो खुबी तिमीमा छ ,अब बिन्ति  निराश नबनाऊ . आउ सबै मिलेर रचौ अखण्ड राष्ट्र नेपाल||
                                                                                               
                     जय नेपाल!!

                                                                                                                                                                                   
   उही तिम्रो सुभचिन्तक,
   आम नेपाली जनता|| 

                                                  

                                                                                                                 

                                              

No comments:

Post a Comment